हाम्रो बारेमा

बेलायतमा आप्mनो विशिष्ट पहिचान कायम राख्न नेपाली भाषा तथा साहित्यको संरक्षण र सम्बर्धन गर्नुका साथै यसको माध्यमबाट विश्वमा पैmलिएर रहेका नेपालीहरु बीच साहित्यिक सम्पर्क तथा सम्बन्ध बढाई राष्ट्र्यि एकता र भातृत्वको भावना अभिबृध्दि गर्नु यसको मूलभूत उद्येश्य हो ।

सन् १९९५ मा स्थापित नेपाली साहित्य विकास परिषद यूकेले आप्mनो उद्देश्य हासिल गर्न नेपाली साहित्याकाशका उज्ज्वल नक्षत्रहरुका पुण्य तिथिमा उनीहरुप्रति श्रध्दान्जी चढाउने, साहित्य सेमिनार तथा गोष्ठिहरु आयोजना गर्ने, साहित्यिक श्रष्ठाहरुको सम्मान र स्थापित तथा नव प्रतिभाहरुलाई पुरस्कृत तथा प्रोत्साहित गर्ने र साहित्यिक पत्रिका लालीगुरांस तथा अन्य पुस्तकहरु समेत प्रकाशित गर्ने गरिआएको छ ।

भविष्यमा पनि विगतका कार्यक्रमहरुलाई निरन्तरता दिनुका साथै केही थप साहित्यिक तथा शैक्षिक कार्यक्रमहरु संचालन गरेर संस्थाको पहुंच र प्रभाव बढाउने लक्ष्य वर्तमान कार्यसमितिको छ । नेपाली साहित्य विकास परिषद युके बेलायत तथा विश्वभरमै रहेका साहित्यिक संस्थाहरुसंग सहकार्य गरेर अघि बढन प्रतिवध्द
छ ।

स्वर्गीय ईश्वर मानन्धर संस्थापक अध्यक्ष र सुरेशजंग शाह संस्थापक तथा महासचिव रहनु भएको यस परिषदमा सन् २००१ देखि २०१२ सम्म हरिसिंह थापा अध्यक्ष हुनुहुन्थ्यो । खगेन्द्र नेपाली यस परिषदको वर्तमान आठौं कार्यसमितिका अध्यक्ष हुनुहुन्छ ।
नेपाली साहित्य विकास परिषदका पदेन संरक्षक ब्रिटेनका लागि नेपाली राजदूत रहने व्यवस्था भए अनुरुप हाल यस परिषदका संरक्षक राजदूत महामहिम डा सुरेशचन्द्र चालिसे हुनुहुन्छ ।

वर्तमान ८औं कार्यसमिति २०१२ – २०१४

खगेन्द्र नेपाली                          अध्यक्ष
कोमलप्रसाद श्रेष्ठ मल्ल           वरिष्ठ सह अध्यक्ष
ध्रुव केसी                                  सह अध्यक्ष
वीरेन्द्र कुंवर                             प्रथम उपाध्यक्ष
गोकुल भण्डारी                         व्दितीय उपाध्यक्ष
डा सुधा श्रेष्ठ                            महा सचिव
गोपाल पौड्याल                        कोषाध्यक्ष
श्रीमती सुशिला कार्की                सह महासचिव
ज्ञानेन्द्र राउत                           कार्यकारी सदस्य
दुर्गा पाण्डे                                 कार्यकारी सदस्य
मोतीराज भण्डारी                      कार्यकारी सदस्य
विनोद न्यौपाने                         कार्यकारी सदस्य
दिनेश पौड्याल                        कार्यकारी सदस्य
कृष्ण भटृ वरिष्ठ                      कार्यालय सचिव

Comments

comments

Leave a Reply

Your email address will not be published.

Protected by WP Anti Spam