यो देशमा गरीबिको नसिब मात्र बस्ने हो कि !

0    गजल  admin

यो देशमा गरीबिको नसिब मात्र बस्ने हो कि !
धनीलाई हटाएर गरीब मात्र बस्ने हो कि !

निर्जिब हो पैसा अनि पैसा बोक्ने मान्छे पनि
यो देशमा आत्मा बोक्ने सजिब मात्र बस्ने हो कि !

कोषाध्यक्ष लुट्नेमात्र अध्यक्ष त अदक्ष हो
गाबिसमा आजैबाट सचिब मात्र बस्ने हो कि !

जमिएर देश छोड्ने बिदेश मै बस्ने भए
कोखै बाझो रहोस बरु क्लीब मात्र बस्ने हो कि !

– नव राज घिमिरे

Comments

comments

« »

Leave a Reply

Your email address will not be published.

Protected by WP Anti Spam