चोट सहदैछु बियोग सहदैछु

0    गजल  admin

चोट सहदैछु बियोग सहदैछु
भए-नभएको आरोप सहदैछु

भोग्नै पर्नेरैछ भाग्यमा लेखिएको
मार्यो कस्ले मलाई बोझ सहदैछु

सधैं रुवाउने पागल बनाउने
एक्कै पल्ट हुन्छ सब्थोक सहदैछु

सबै गल्ति मेरै गालिमा परेको छु
मेरै जिन्दगिको बिरोध सहदैछु

मरि सकेर नै बाँकि छ मर्न अझै
उस्को फेरि मार्ने अठोट सहदैछु

– नव राज घिमिरे

Comments

comments

« »

Leave a Reply

Your email address will not be published.

Protected by WP Anti Spam