अरुसँग के हुन्छ खै, खास हुन्छ तिमीभित्रै

0    गजल  admin

अरुसँग के हुन्छ खै, खास हुन्छ तिमीभित्रै
आश्ता राख देवताको, बास हुन्छ तिमीभित्रै

भगवान नदेख्नेले, मुर्ति कुल्चि हिंडेको छ
धर्म गर दैब देख्ने, आस हुन्छ तिमीभित्रै

अरु भोको देखेपछि, आफ्नो भोक मारिदिनु
खुवाएरै टन्न हुँने, गास हुन्छ तिमीभित्रै

घमन्डको चलाखिले, आत्मासँगै आस्ता मर्छ
जागि हेर भगवनको, दास हुन्छ तिमीभित्रै

बाँचे भन्दै बाँचिदैन, बाँचेर नै बाँच्नु पर्छ
बाँच्दा बाँच्दै मरे सम्झ, लाश हुन्छ तिमीभित्र

– नव राज घिमिरे

Comments

comments

« »

Leave a Reply

Your email address will not be published.

Protected by WP Anti Spam