हार्दिक निमन्त्रणा

नेपाली साहित्याकाशका उज्ज्ल नक्षेत्रहरुप्रति सम्मान र श्रध्दान्जली अर्पण गर्ने परंपरालाई निरन्तरता दिंदै संयुक्त अधिराज्यमा जेठो नेपाली साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद युकेले नेपालका आदिकवि भानुभक्त आचार्यको २००यौं जन्मजयन्तिको पावन अवसरमा एउटा विशेष साहित्यिक कार्यक्रम आयोजना गर्नलागेको कुरा सहर्ष जानकारी गराउन चाहन्छु।

bhanu bhakta

रेडिंग नेपाली समाजको सौजन्यतामा पहिलोपल्ट रेडिंगको निम्न स्थान, मिति र समयमा सम्पन्न हुने सो विशेष कार्यक्रममा आदिकविको जीवन र जीवनीमाथि प्रकाश पार्नुका साथै उहांप्रति समर्पित कविताहरु पाठ गरिनेछ । आदिकविका जीवन प्रसंग सम्बन्धी संक्षिप्त अभिनय प्रस्तुति यस वर्षको कार्यक्रमको विशेष आकर्षण हुनेछ ।

सो अवसरमा आफ््नो सहभागिताका साथै वहांप्रति श्रध्दान्जली अर्पण गर्न पाल्नुहुन परिषदका कार्यकारी पदाधिकारी तथा सम्पूर्ण सदस्यहरुका तर्फबाट सादर आमन्त्रण गर्दछु ।

कार्यक्रमस्थल, मिति र समय
Sun Street Youth & Community Centre
Sun Street, Reading RG1 3JX
13 July 2013 Saturday
1pm – 4pm

भवदीया
डा सुधा श्रेष्ठ
महासचिव, नेपाली साहित्य विकास परिषद युके

Comments

comments

« »

Leave a Reply

Your email address will not be published.

Protected by WP Anti Spam