एक्लो मान्छेलाई शुन्यता लाग्दैन

0    गजल  admin

एक्लो मान्छेलाई शुन्यता लाग्दैन
भिर्को फर्सिलाई रिङ्गटा लाग्दैन

माया गर्नु मेरो एकोहोरो गल्ति
तिमीले घृणा गर्नु अन्यथा लाग्दैन

मेरो माया भित्र भेटाए स्वार्थ
मलाई त मेरो नै भरोसा लागदैन

मेरो दु:खमा खुशी छु बिछट्टै
तिम्रो खुशिमा रत्ती डाहा लाग्दैन

– नव राज घिमिरे

Comments

comments

« »

Leave a Reply

Your email address will not be published.

Protected by WP Anti Spam