-विश्व वातावरण दिवस २०१३-

छ्यांग छ्यांगति बगेका अनेकौं नदि,
आकाशै छेकेर उभिएका सेता हिमाल,
मूल फुटाउने हरिया पहाड,
सुन्दर घर भित्रको सुख सुबिधा,
यी सब देखेर,
जावो पानी मा के कन्जुस्यांइं गर्नु भन्दै,
घर भित्रै को धारो खोलेको खोल्यै गरेर
सुन्तली ले हरेक बिहान,
दाँत माझ्छे,
भाँडा माझ्छे,
लुगा धुन्छे,
खडेरी पर्दा – करेसो बारी समेत सिंचाउछे!

सुन्तली कि सासू मन मनै मुर्मुरिन्छिन,
देउराली को कुवा पुगेर,
एक गाग्री पानी ल्याउन,
एक घण्टा भन्दा बढी लागेको,
एक लोटा पानीले भान्छो लिपेको,
हप्तामा एक दिन नुहाएको,
महिना मा एक पल्ट लुगा धोएको सम्झेर!

म आफ्नै परिवार का त्यस्तै दुइ सदस्य सम्झन्छु,
त्यस्तै अन्य विषम परिवार लाइ पनि सम्झन्छु,
गर्मि को खाडी सम्झन्छु,
न आडको त्यो समुन्द्र को पानी पिउन सकिन्छ,
जाडो को मुक्तिनाथ सम्झन्छु,
न संगै को हिउँ पगालेर छिटै भात पकाउन सकिन्छ,
अफ्रिका मा खडेरी ले जनावर मरेको सम्झन्छु,
“२०१२” भन्ने सिनेमा सम्झन्छु,
लडाई मा २ लिटर पानीले दिन गुजारेको सम्झन्छु!

मैले मात्र सम्झेर संसार अडिने भए,
मैले मात्र बचाएर श्रोत जोगिने भए,
मैले मात्र एक छाक खाएर हुने भए,
मैले मात्र जतन गरेर सबैलाई पुग्ने भए!

आधा ब्रम्हाण्ड भोको छ,
आधा ब्रह्माण्ड तिर्खाएको छ,
सबैले केहि न केहि गर्नै पर्छ!

मूल रोकिन सक्छन,
हिमाल पग्लेर चट्टान बन्न सक्छ,
अथाह श्रोत ले परिपूर्ण छैन पृथ्वी,
भकारी को धान जस्तै हो पानी,
बिजुली त्यस्तै हो,
ढुङ्गा त्यस्तै हो, खीइन्छ;
माटो त्यस्तै हो, प्रदूषित हुन्छ;
पिउन मिल्दैन, समुद्र को पानी;
अब सबै सुन्तली हरु ले चाहिँदो मात्र खर्च गर्न पर्छ!
आजै देखि हामी सबैले चाहिँदो मात्र खर्च गर्न पर्छ!

… शुभ विश्व वातावरण दिवस २०१३!! …

-बोज राज

Comments

comments

« »

Leave a Reply

Your email address will not be published.

Protected by WP Anti Spam