कसरि लेखु माया ?

0    गीत  admin
कसरि लेखु माया ? माया त मायालु दुखेको दुख्यैछ ।
नलेखु सकिन्न सहन,आसु त मायालु झरेको झर््यैछ ।।
जे देख्यौ वहेको त्यो खोला मेरै यो आसुको हुन सक्छ ।
नसोध बादललाई तिमि निष्ठुरी त्यो गर्जेर रिसाई बोल्छ ॥
कसरि लेखु माया …. ….. …..
को माग्छ िबदाई आफै ? मन किन यसोरि मर्छ ?
जे देख्यौ सुकेको अधर त्यो पनी अरुको किन हुन्छ ॥
कसरि लेखु माया … ….. ……. ……
तर्साउछ यो आफ््नै छाया म बाटै पर पर हुन्छ
निभाउ कसोरि मनको आगो? आसुले बाटो नै छेक्छ ॥
 – कोमल मल्ल

Comments

comments

« »

Leave a Reply

Your email address will not be published.

Protected by WP Anti Spam