सिङ्गो जिन्दगी मुल्यहिन छ

सिङ्गो जिन्दगी मुल्यहिन छ
जस्तै सागर किन्छस् भन्दा
कस्ले किन्थ्यो र कोसँग?
अनि हिरा
बिक्न तयार कहिले भयो र?
नबिकेको कहाँ छ र!
अब पालो आत्माको छ
म आत्मालाई निकालेर
बजार भाउँ खोज्दैछु
प्राय: आत्मा हिरा झै
बिक्न चाहेन
अनि आत्मा हिरा होइन रहेछ
र त कसैले किन्न पनि चाहेन
शायद यसैमा,
हिरा मुल्य भएरै अमुल्य छ
अनि आत्मा
मुल्य हिन भएरै अमुल्य छ !

रहर्को त्यान्द्रामा जेलिएको खुशी
असफल ताको राँको लाग्दा
त्यान्द्रा त खरानी होला
खुशी के हुन्छ होला !
बाफिन्छ र आकास खोज्छ कि ?
तातिन्छ र जमिन खोज्छ ?
तर खुशी ठोस न तरल
नआकाश नियालोस् नजमिन टेकोस्
साच्चै यो के सजिब हो त ?
पक्कै पनि होइन,
त्यसो हुँदैमा किन सजिब जीवन्मा
यो निर्जिब खुशीको पुरा पुरा बाहुल्यता
अनि किन खोजिन्छ यसैको एकतान्तृक राज्य
सजिब मान्छेका डरलाग्दा मष्तिश्कहरुले !

समानुपति किन हुन पाउँदैन
खुशी दु:ख सँग
पक्कै हो खुशी सरल हुन चाहदैन
र त दिनमै सपना बनेर छल्छ
रातमै दिन भनेर उठाउँछ
खुशी आन्नद परक छैन है,
थुक्क खुशी तँलाई मैले ठमेलमा भेटाँए
तँ तेतै तेतै जा भो!!
किन कि तलाई पाउँने चाहनमा
म कर्णाले आफ्नो सौदर्य बेच्न सक्दिन
हो म ठमेल हुन सक्दिन !!!!!

 

– नव राज घिमिरे

Comments

comments

« »

Leave a Reply

Your email address will not be published.

Protected by WP Anti Spam