मरेको स्वाभिमान ??? – कोमल मल्ल

स्वाभिमान र राष्ट्रिय एकता
भौगोलिक अखण्डता र स्वाधिनता
सकिन्छ सकिन्न अक्षुष्ण राख्न ?
म क्रान्तिकारि रुपान्तरणलाई
पढन सुन्न र मनन गर्न
शसस्त्र रगत आन्दोलनलाई बुझ्न
बुदै बूदा समझौताहरुमा भिज्न
गरुङ्गो मन खोल्ने अनुरोधमा
न्यायकी देबी को तूलोमा
राष्ट्रिय र अराष्ट्रिय तत्वको
निर्क्योल खोज्न
िदनका िदन
फेरि पनी पर्दैछु मसानमा
मसानमा मात्र हैन
फेिर पनी  जल्दैछु चितामा ?
होला र यहा ?
समुन्नत बर्ग बिहीन समाज ?
अनी
मिल्ला र गणतन्त्रात्मक राज ??
यस्तो रक्तपिपासु बाघ दौड
र सिनोमा !
र र र
हिजो थियो थिएन ?
जाच्न कसिमा …?

बहुजातीय
बहुभाषिक
बहुसास्कृतिक
बहुधार्मिक
स्वाधिन फिराद कहा गरु ???
प्रतिउत्तर सून्य सून्य  नहोस  भनेर
उफ !
तर लगाम खिचीएको
हक
अधिकारका घोडाहरु
मात्र मृृत कर्तब्यको मकुण्डो
र नाटकी िसंह गर्जन
संघर्ष ? क्रान्ती ?
बलिदान ….पानीमा
अहो !
मन्चन तहस नहसको
धार्मिक सास्कृतीक
बर्गीय जातीय क्षेत्रीय
लैङ्गीग एकता भत्काउने म ???

समुन्नत
बर्गबिहिन
समतामुलक
अग्रगामी समाजको नाऊमा ?
सुख समृद्दि आरोग्यतामा
बुद्द खोजेर ॥

 

– कोमल मल्ल

Comments

comments

« »

Leave a Reply

Your email address will not be published.

Protected by WP Anti Spam