सानो कुराले किन चित्त फुक्छ
सानै कुराले किन चित्त दुख्छ
सानै कुराभित्र विवाद हुन्छ
सानै कुराको किन याद हुन्छ ।
ठूला कुरामा सपना अडिन्न
ठूला कुराले विपना सजिन्न
ठूला हुनन् किन्तु यथार्थ भन्छ-
सानो कुरा नै मनमा रहन्छ ।
सानै कुराभित्र मिठास हुन्छ
सानै कुराभित्र सुवास हुन्छ
ठूला कुरा सम्झ अशान्ति हुन्छ
सानै कुरामा सुखशान्ति हुन्छ ।
सानो बनी मानिस बन्छ ठूलो
ठूलो बने मानिस बन्छ लूलो
ठूलो कुरा छैन कतै बलेको
सानै कुराले छ जगत् चलेको ॥
-दुर्गाप्रसाद पोख्रेल