नया बर्षको शुभकामना

नया बर्षको शुभकामना
14 Apr
7:13

नया बर्षको शुभकामना

एकाबिहानै
बादलुको पर्दा खोलेर
किरणको जुलुस
शुभकामना बोकेर
बषन्तको झण्डा फहराउन
हर्ष,उल्लास,उमंगमा
खातका खात योजनाका गाताहरु बोकेर
शान्तिको लालीमा
खेत,पाखा,आली,कान्ला
घर,आगनमा छर्न
आरोह,अबरोहको यात्रामा
सुख,संबृद्दि,आरोग्यताको
मन्द पवनमा
करडौ मुटु चलोस भनेर
आउदैछ नया बर्ष २०७२
अनुपम स्वर्णीम शुभकामना बोकेर …
त्यसैले तिमि
स्वच्छ मन,बचन र कर्मले
मनका तरंगहरु
मायाका बिम्बहरु
मुटुका स्पन्दनहरु
सोचका अलंकारहरु
ईन्द्रेणीले श्रृगारेर
उत्कृष्ठ उत्सर्गमा
शान्तीको स्वासमा
निरन्तर मुटु खेलोस भनेर
स्वप्नील मंगल कलस राखेर
मनका झ्यालहरु खोल
मनका ढोकाहरु खोल
मनका कन्तुरहरु खोल
जीवनका खेत पाखामा
धर्म,कर्म आसा भरोसाका कोदाली चलाउदै
प्रज्वलित स्वच्छ बिचारका पालुवाहरु
बिस्वासको पबित्र मन्दीरमा फक्राउन
शान्तीमा जीवनलाई सगरमाथा उठाउन

ईन्द्रेणीका गाउ शहर बस्तीहरुमा
शान्तीको ज्योती फिजाउन
अनि
आगो र पानीको
बिजय उत्सव मनाउन .. !

आउदैछ नया बर्ष २०७२
स्वर्णीम शुभकामना बोकेर
मेरो तिमिलाई,उस्लाई,सबैलाई
हार्दिक मंगलमय सुभकामना
सुभकामना, सुभकामना सुभकामना
नया बर्ष २०७२ सालको

कोमल तथा कोहिनूर मल्ल
लण्डन

Comments

comments

« »