‘लालीगुराँस साहित्यतारा’ विमोचित

0    news  admin
‘लालीगुराँस साहित्यतारा’ विमोचित
28 Jan
3:22

काठमाडौँ । आज २०७१ साल माघ १३ गते समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती तथा विशेष अतिथि उपकुलपति डा. विष्णुविभु घिमिरेज्यूको हातबाट आदिकवि भानुभक्त आचार्य द्विशत्वार्षिकीको सन्दर्भमा समर्पित स्मारिका लालीगुराँस साहित्यतारा एक समारोहका बीच विमोचित लोकार्पित भयो ।
1

बेलायत र नेपालका नेपाली साहित्यकार–प्रकाशकहरूका बीच समन्वय र सम्र्पक स्थापित गरी साहित्यलाई विस्तार गर्ने उद्देश्यले साहित्यको प्रयोजनका लागि स्थापित नेपाली साहित्य विकास परिषद् यूके र नेपाल च्याप्टरको संयुक्त सहकार्यमा प्रकाशित स्मारिका विमोचन समारोहमा बोल्दै प्रमुख अतिथि कुलपति गङ्गाप्रसाद उप्रेतीज्यूले दुई देशका बीचबाट साहित्यका लागि सहकार्य भै भानु स्मारिका निक्लनु साहित्य विकासका लागि गहनकार्य हो भन्नुभयो र बेलायत तथा नेपालका साहित्यकारहरूको प्रयासमा प्रकाशित स्मारिकाले दुई देशका बीच साहित्यिक पुलको काम गरेको छ भन्नु हुँदै उहाँले नेपाल च्याप्टरकासाथ बेलायतको नेपाली साहित्य विकास परिषद्सँग सहकार्य गरी काम गर्न नेपाल प्रज्ञा प्रतिष्ठान तयार रहेको सभालाई जानकारी गराउनुभयो । समारोहमा प्राज्ञ प्रा. डा. उषा ठाकुर तथा प्राज्ञ ज्ञानू पाण्डेले स्मारिका विमोचनले नेपाली साहित्यको गौरवलाई अभिव्यक्त गरेको छ भन्नुभयो । उक्त समारोहमा भानुभक्त र साहित्यप्रतिको आफ्नो मन्तव्य दिँदै कवि गोपाल पराजुली तथा समालोचक गोविन्दराज भट्टराईले स्मारिका प्रकाशनले बेलायत र नेपाली साहित्यकारहरू बीच साहित्यिक सम्बन्ध बिस्तार गर्न कोसेढुङ्गाको काम गरेको छ भन्नु भयो ।

वि3मोचन समारोहमा स्मारिकामाथि युवा समालोचक मुक्ति घिमिरेले विशद टिपणी प्रस्तुत2 गर्दे यसको प्रकाशनले नेपाली साहित्यको क्षेत्रमा गरेको योगदानकोे चर्चा गर्नु भयो । यूकेबाट अतिथिहरू आउनु भएको उक्त समारोहमा नेपाली साहित्य विकास परिषद यूकेका वरिष्ठ सह–अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले सम्बोधन गर्नुहुँदै यस्ता कार्यक्रमले यूके र नेपालबाट हुँदै आएको साहित्यिक कामको इतिहास र परम्परालाई बचाउने काम गर्छ भन्नुभयो र यस्तो कार्यमा यूके परिषद्बाट निरन्तर सहयोग जारी रहनेछ भन्नुभयो । विशिष्ट अतिथि सञ्चारकमी सुमन खरेलले साहित्य, सङ्गीत, कलाजस्ता क्षेत्रमा नेपाली साहित्य विकास परिषद् यूकेले गरेको कार्यमाथि महत्वपूर्ण अभिव्यक्ति दिनुभयो ।

साहित्यकार इल्या भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा इल्या भट्टराई, सञ्चारकर्मी हरिशरण लामिछाने, डा. रेनुका थापा आदिले यूके परिषद् र नेपाल च्याप्टरका साहित्यबारे मन्तव्य दिँदै कार्यक्रमको महत्वमाथि प्रकाश पार्नु भएको थियो ।

 

5 4 6 7 8 9 10 11 20 19 18 17 16 15 14 13 12

 

 

 








 

Comments

comments

« »