साहित्य विकास परिषदको विभिन्न साहित्यिक योजना सार्वजनिक

0    news  admin
साहित्य विकास परिषदको विभिन्न साहित्यिक योजना सार्वजनिक
05 Jan
12:34

४ जनवरी लण्डन,
साहित्य बिकाश परिषद यूकेको भर्खरै निर्बाचित ९ औ कार्य समितिको प्रथम पूर्ण बैठक परिषद्का अध्यक्ष सुरेश जंग शाहको सभापतित्वमा विभिन्न साहित्यिक कार्यक्रमहरु अघि सार्दै सम्पन्न भएकोछ /
एक्टन स्थित एबिआइ कलेजमा सम्पन्न बैठकले NLDC नेपाली साहित्य पुरस्कार छनौटका लागि परिषद्का उपाध्यक्ष आचार्य दुर्गा प्रसाद पोखरेलको संयोजकत्वमा निबर्तमान अध्यक्ष खगेन्द्र नेपाली ,उपाध्यक्ष बाचस्पति रेग्मी,कार्य कारिणी सदस्यहरु डा.मिन रानाभाट र
कार्यकारिणी सदस्य केशब पुडाशैनी सदस्य रहेको ५ सदश्यिय पुरस्कार छनौट मुल्यांकन समिति गठन गरेकोछ भने २०१४ भरि र अप्रिल २०१५ सम्म बेलायतबाट प्रकाशित भएका साहित्यिक रचनाहरु मूल्यांकनका लागि परिषदमा पठाउन सम्पूर्ण सर्जकहरुलाई आव्हान गरेको छ / image5 (2)त्यसैगरी परिषद्को बरिस्ट कार्यालय प्रमुखमा सनम बैराग लाई मनोनयन गरिएकोछ भने नेपाल बेलायतको २००औ कुटनीतिक सम्बन्ध वर्षगाठको सुअबसरमा लालीगुरास साहित्यिक पत्रिकालाई स्मारिकाको रुपमा प्रकाशन गरि नेपाली दुताबास संग सहकार्य गरि एक कार्यक्रमको आयोजना गर्ने निर्णय गर्दै परिषद्का बरिस्ट सल्लाहकार डा.राघब प्रसाद धितालको संयोजकत्वमा परिषद्का निबर्तमान अध्यक्ष खगेन्द्र नेपाली पूर्व अध्यक्ष हरि सिंह थापा र परिषद्का सल्लाहकार महन्त श्रेष्ठ उप संयोजक र परिषद्का पदाधिकारीहरु सदस्य रहेको २००औ कुटनीतिक सम्बन्ध उत्सब उपसमिति पनि गठन गर्दै सदस्य सचिबमा उपाध्यक्ष दुर्गा पोखरेल लाइ तोकेकोछ /
त्यसै गरि परिषदको बैठकले सल्लाहकार समितिमा डा.राघब प्रसाद धिताल OBE लाइ संयोजक तोकी अन्य सल्लाहकारहरुमा हरि सिंह थापा, खगेन्द्र नेपाली, महन्त बहादुर श्रेष्ठ, मदन थापा, घन बहादुर थापा मगर, राजु बिक्रम थापा र कृष्ण भट्ट लाइ मनोनयन गरि सल्लाहकार समितिलाई पूर्णता दिएकोछ /
परिषद्को बैठकले विभिन्न बिभागहरुको गठन समेत गरि कार्य क्षत्र तोकेकोछ जस अनुसार संयोजन,सम्पादन,प्रकाशन र सम्मान सत्कार बिभागमा प्रमुख बरिस्ट सह अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ललाइ प्रमुख तोकी मातहतमा कार्यकारिणी सदस्यहरु रिता गौतम,कृष्ण जंग शाह र प्रकाश बिक्रम शिंह रहनु भएकोछ /त्यसैगरी प्रकाशन प्रबन्ध तथा जन सम्पर्क बिभाग प्रमुख सह अध्यक्ष ध्रुब केसी लाइ प्रमुख तोकी मातहतमा कार्यकारिणी सदस्य हरु हरि केसी र मोतिराज भण्डारी रहनु भएकोछ भने साहित्य श्रोत तथा श्रब्य दृश्य उत्पादन बिभागमा सह अध्यक्ष डा.गोपाल पौड्याल लाइ प्रमुख तोकी मातहतमा कार्यकारिणी सदस्य हरु डा.मिन रानाभाट, एभरेस्ट गौतम, मनोज अन्जान, अभिमन्यु बैराग र बरिस्ट कार्यालय प्रमुख – सनम बैराग रहनु भएकोछ /त्यसैगरी प्रशासन प्रबन्ध बिभागमा उपाध्यक्ष बिरेन्द्र कुवर लाइ प्रमुख तोकिएकोछ भने श्रीजना श्रोत (कथा,उपन्यास”)बिभाग प्रमुखमा उपाध्यक्ष गोकुल भण्डारीलाइ प्रमुख तोकी मातहतमा कार्यकारिणी सदस्य रमेश लामा रहनु भएकोछ/त्यसै गरि काब्य श्रोत ( कविता ,गित,गजल, मुक्तक,हाइकु ”)बिभागमा उपाध्यक्ष रेशम अर्याललाइ प्रमुख तोकी मातहतमा र कार्यकारिणी सदस्यहरु नबराज घिमिरे र मनोज अन्जान रहनु भएकोछ भने पुस्तक निरुपण बिभागमा उपाध्यक्ष दुर्गा पोखरेललाइ प्रमुख तोकी मातहतमा कार्यकारिणी सदस्य जगन्नाथ अधिकारीलाइ राखिएकोछ /image2 (1) त्यसैगरी साहित्य समिक्षा बिभाग प्रमुखमा उपाध्यक्ष बाचस्पति रेग्मीलाइ प्रमुख तोकी मातहतमा कार्यकारिणी सदस्य केशब पुडाशैनीलाइ तोकेकोछ/ प्रशासन तथा आन्तरिक मुल्यांकन बिभाग अध्यक्ष सुरेश जंग शाह र मातहतमा महा सचिब डा.सुधा श्रेष्ठ अन्तर्गत राखिएकोछ भने आर्थिक बिभागमा कोषाध्यक्ष दौलत कुमार राइ अन्तर्गत राखिएकोछ / त्यसैगरी बैठकले परिषद्को दैनिक कार्य संचालनका लागि अध्यक्ष सुरेश जंग शाहको संयोजकत्वमा ९ सदसीय सचिबलाय समिति गठन गरेकोछ अन्य सचिबलाय सदस्यहरुमा हरि सिंह थापा ,कोमल प्रसाद श्रेष्ठ मल्ल, डा. गोपाल पौड्याल, बाचस्पति रेग्मी ,डा.सुधा श्रेष्ठ, दौलत कुमार राइ,मनोज अन्जान र केशब पुडाशैनी रहनु भएकोछ/
त्यसैगरी बैठकले NLDC गोल्ड मेडल पुरस्कार २०१५, NLDC साहित्य पुरस्कार २०१५ वितरण,लालिगुरास नेपाल बेलायत २००औ कुटनीतिक सम्बन्ध वर्षगाठ स्मारिका प्रकाशन,साहित्य श्रब्य दृश्य सामग्री उत्पादन र यूके ब्यापी साहित्य सम्मेलन लगायतका १४ वोटा बार्षिक कार्यक्रमहरुको कार्य तालिका अगी सारेकोछ / परिषद्को पूर्ण बैठकमा परिषद्का कार्यकारिणी हरु र सल्लाहकारहरुको बृहद उपस्थिति रहेको थियो /

 

image3 (1)

Comments

comments

« »