लण्डनमा नब बर्ष उत्सब १९ औं साहित्य सन्ध्या

0    news  admin
लण्डनमा नब बर्ष उत्सब १९ औं साहित्य सन्ध्या
07 Apr
11:34

लण्डन-६ अप्रिल २०१४- बेलायत स्थित नेपाली हरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद युके द्वारा नेपाली नया बर्ष २०७१ को शुभागमंन लाई साहित्यिक रमझम र पुरस्कार वितरण लगायतका बिबिध कार्यक्रम गरि भब्य रुपमा सम्पन्न गरियो/
स्थानीय साउथल स्थित दार्जिलिंग इन नेपाली रेस्टुराको समारोह हलमा आयोजना गरिएको उक्त नब बर्ष उत्सब र १९ औं साहित्य सन्ध्या तथा यनयलडीसी पुरस्कार सुशोभन समारोहलाइ दिप प्रज्वलन,पुरस्कार सुसोभन तथा सम्बोधन गर्नु हुदै प्रमुख अतिथि परिषद्का पदेन संरक्षक कार्य बाहक नेपाली राजदूत तेज बहादुर क्षेत्रीले नेपाली नया बर्षको शुभ आगमनमा साहित्यक स्वादन र कबि हरुलाई पुरस्कार सम्मान गर्न पाउदा आफुलाई खुशी लागेको र एस अबसरमा दुताबासको तर्फबाट बधाई र नया बर्षको शुभकामना पनि अर्पण गर्न चाहन्छु भन्नु भयो/
समारोहका अर्का अथिति एती संस्थाका पुर्ब आठौ पटक सम्मका अध्यक्ष बरिस्ट समाजसेवी डा राघब प्रसाद धिताल ओबिई र एती संस्थाका उपाध्यक्ष तथा यनारयन युकेका कोषाध्यक्ष ठाकुर प्रसाद शर्माले बिदेशी भूमिमा नेपाली भाषा साहित्यको जलमल गर्ने कार्यमा अग्रिणी रहेको नेपाली साहित्यिक बिकाश परिषद्का कार्य हरुको सरहना गर्नु हुदै पुरस्कृत कविहरुमा बधाई तथा नया बर्षको शुभकामना व्यक्त गर्नु भयो/

सभापतिको आशंन बाट बोल्नु हुदै परिषद्का कार्य बाहक अध्यक्ष कबि कोमल प्रसाद श्रेष्ठ मल्लले नेपाली नया बर्षको आगमन लाइ परिषदले स्थापना काल देखिनै साहित्यिक र सांस्कृतिक रुपले मनाउदै आएको छ यसबाट हाम्रो राष्ट्रिय भाबना र देस प्रतिको मोह बढाउँन महत्वपुर्ण योगदान पुगेकोछ भन्नु भयो/ NLDC एवार्ड ट्रस्टका संस्थापक समेत रहेका का. बा.अध्यक्ष कबि मल्लले देश बिदेशमा रहेका उत्कृष्ट श्रस्ठाहरुको सम्मान र प्रोत्शाहंनका लागि ५ तोला चादी र सुनको अक्षरमा रहेको पदक २०११ बाट परिषदमा स्थापना गरि यस बर्ष बाट पहिलो चरणको पुरस्कार आरम्भ भएको चर्चा गर्नु भयो /
समारोहमा परिषद्का संस्थापक तथा कृति मुल्यांकन समितिका संयोजक साहित्यकार सुरेश जंग शाहले पुरस्कार मुल्यांकन प्रक्रियाबारे बिस्तृत जानकारी दिनु हुदै उत्क्रिस्ट कृतिका रुपमा अन्तिम चरणमा छानिएका ३ कृति हरु प्रथम पुरस्कृत बिजेता लेखक सुमल कुमार गुरुंगको मेजर अर्जुनको औंठी कथा संग्रह कृतिका लागि पुरस्कार पदक र प्रमाणपत्र र रनरअप पुरस्कार प्रमाणपत्रका बिजेता कबि डा. गोपाल पौड्याल ‘मण्डने’को लण्डनको कोशेली गजल संग्रहका लागि र कबि घन बहादुर थापाको देशको माटोमा मेरो फूल क्रितिका लागी छनौट हुनु भएकोमा उहाहरु सबै उत्कृस्ट श्रस्टा हरु रहनु भएको कुरा चर्चा गर्दै ३ सदस्यीय मुल्यांकन समितिमा साहित्यकार होम परिबाग र डा दुर्गा पोख्रेल सदस्य रहनु भएको जानकारी गराउनु भयो /
समारोहमा प्रथम पुरस्कृत कबि तथा लेखक सुमल कुमार गुरुङ पुरस्कारको ऐतिहासिक् क्षणमा नै पुरस्कृत हुन पाएकोमा आफुलाई गर्ब लागेको कुरा चर्चा गर्नु भयो/समारोहमा प्रमुख अथिति कार्य बाहक नेपाली राजदूत तेज बहादुर क्षेत्रीले पुरस्कृत श्रस्टा हरुलाई पदक तथा प्रमाणपत्र हरु प्रदान गर्नु भएको थियो भने NLDC एवार्ड ट्रस्ट कि संस्थापिका पूर्व कार्यकारिणी सदस्य श्रीमती कोहिनुर श्रेष्ठ मल्ल द्वारा दोसल्ला ओढाई श्रस्टा हरुमा सम्मान अर्पण गर्नु भएको थियो/उक्त पुरस्कार सुसोभंनका अबसरमा कोशेली नेपाली संस्कृतिक परिबारका संस्थापक अध्यक्ष बरिस्ट कलाकार मदन थापा तथा भू.पु. अध्यक्ष बरिस्ट कलाकार बशन्त राय क्षेत्रीले मंगल धुन बजाई सुशोभन साहित् लाई मंगलमय बनाउनु भएको थियो /
समारोहको कार्य बाहक अध्यक्ष कबि कोमल प्रसाद श्रेष्ठ मल्लको सभापतित्व र महासचिब
कवयत्री डा. सुधा श्रेष्ठ र कार्यकारिणी सदस्य ज्ञानेन्द्र रावत द्वारा संचालन गरिएको उक्त १९ औं साहित्य सन्ध्या तथा पुरस्कार वितरण समारोहको दोश्रो चरणमा कबिता बाचन तर्फ भाग लिनु हुने बाचक कबि हरुमा गजलकार सागर सिलवाल डा.गोपाल पौड्याल ‘मण्डने’ गोकुल भण्डारी, कोमल श्रेष्ठ मल्ल, बसन्त राय क्षत्री , घन बहादुर थापा, हरि सिंह थापा, डा सुधा श्रेष्ठ, सुरेश जंग शाह,तथा गोपी कृष्ण प्रसाई ले कविता बाचन गर्नु भएको थियो भने श्रीमती सारा गुरुंगले पुतलीको बारेमा लोक गित गाएर सबैलाई मुग्ध बनाउनु भएको थियो /
समारोहको अन्तमा रमाइलो रात्रिभोज तथा गित संगीतको प्रस्तुति रहेको उक्त समारोहमा नेपाली राजदुताबास परिबार लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधि हरु,साहित्यकार ,कलाकार ,पत्रकार,समाजसेवी तथा साहित्यप्रेमी जनसमाजको उत्साहबर्धक सहभागिता रहेको थियो/
समारोहलाई सफल बनाउन योगदान पुर्याउने हरुमा सर्बश्री दार्जलिंग इनका प्रोप्राइटर तथा एती संस्थाका भुतपुर्ब बरिस्ट उपाध्यक्ष दौलत कुमार राई,कबि घन बहादुर थापा मगर तथा श्रीमती कृष्णा थापामगर तथा वेस्ट लण्डन एडुकेशन कन्सल्टेन्सीका डाइरेक्टर रुपक पौड्याल, गोकुल भण्डारी ,डा राघब प्रसाद धिताल तथा डा. जनक कुमारी धिताल कोशेली संस्कृतिक परिबारका संस्थापक मदन थापा, बशन्त राय क्षत्री कलाकार सपन कुमार राइ ,ज्ञानेन्द्र रावत तथा बिरेन्द्र कुँवर हरु हुनुहुन्छ/

14item(s)

Comments

comments

« »