तिम्रो धड्कनको साथ् खोज्दै थिए म – रीता गौतम

0    गीत  admin

तिम्रो धड्कनको साथ् खोज्दै थिए म
तिम्रो नजरको मात खोज्दै थिए म

परेलीमा टप्केका छाल् नतरेलिदै
आसु पुछ्ने हात खोज्दै थिए म

चिरिएको मनलाई मलमपट्टि गर्ने
सितल तिम्रा बात खोज्दै थिए म

पल पल हरपल तिमीले भरिएको
मिर्मिरे नल्याउने रात खोज्दै थिए म

असिम संसारमा विचरण गराउने
तिम्रो मायाको खात खोज्दै थिए म

रीता गौतम

Comments

comments

« »