जिन्दगिमा गुमेको नै चिजहरु प्यारो हुन्छ – नव राज घिमिरे

0    गजल  admin

जिन्दगिमा गुमेको नै चिजहरु प्यारो हुन्छ
छोडी जाने निष्ठुरी नै भुलाउन गारो हुन्छ

जब फूल बदलिन्छ फूल पक्कै रहदैन
कोमलिदो मुटु पनि ढुङ्गा जस्तै साह्रो हुन्छ

सुन सङ्ग परिचित मान्छे नहो अरु को र ?
चराको न पिउने पानी नत खाने चारो हुन्छ

मायासङ्ग धोका दिने सम्झोता खै हुन्छ किन
बिछोडमा रोए पछि आँसुको नै धारो हुन्छ

-नव राज घिमिरे

Comments

comments

« »