तिम्ले गर्दा मेरो खोजि म मरेको हुन्छु होला

0    गजल  admin

तिम्ले गर्दा मेरो खोजि म मरेको हुन्छु होला
आझै भेट छैन भोलि म मरेको हुन्छु होला

शरिरमा दोष छैन चाहनामा केहि छैन
तिम्रो रोग म हु रोगि म मरेको हुन्छु होला

मन्मा छुट्टै कुरा राखि आँसु झर्न बाध्य पार्यौ
नल्याउनु भो खुशी जोखि म मरेको हुन्छु होला

मर भन्दा मर्नलाई गाह्रो रैछ ढिला भयो
बाच भन्यौ खै के सोचि म मरेको हुन्छु होला —

-नव राज घिमिरे

Comments

comments

« »