लण्डनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५औं जयन्ती सम्पन्न

लण्डनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५औं जयन्ती सम्पन्न
12 Nov
2:39

लण्डन १० नोभेम्वर, बेलायतको पहिलो नेपाली साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद युकेले एक विशेष कार्यक्रमको आयोजना गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५औं जयन्ती मनायो । परिषदका अध्यक्ष्य खगेन्द्र नेपालीको अध्यक्ष्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली साहित्य विकास परिषदका पदेन संरक्षक नेपाली राजदुत डा सुरेशचन्द्र चालिसे, परिषदका निवर्तमान अध्यक्ष्य हरिसिंह थापा, संस्थापक सुरेशजंग शाह, त्रिभुवन विश्वविद्यालय केन्द्रिय नेपाली विभागका प्राध्यापकव्दय डा खगेन्द्र लुइटेल तथा डा पारसमणि भण्डारी, यती संस्थाका अध्यक्ष्य उमेशराज मोक्तान, अन्तरराष्ट््िय नेपाली वांगमय प्रतिष्ठानको ट््ष्टका अध्यक्ष्य खगेन्द्र पाठक तथा साहित्यकार तथा साहित्यानुरागीहरुको उपस्थिति थियो ।


नेसाविपका महासचिवको स्वागत भाषणबाट शुरु गरिएको सो कार्यक्रममा प्रमुख अतिथि डा सुरेशचन्द्र चालिसे र परिषदका अध्यक्ष्य खगेन्द्र नेपाली लगायत त्यस अवसरमा उपस्थित सबैले महाकविको तस्वीरमा श्रध्दा सुमन अर्पण गरेका थिए ।
अन्तरराष्ट्र्यि नेपाली वांगमय प्रतिष्ठानका उपाध्यक्ष्य तथा लेखक कवि गोपीकृष्ण प्रसाईले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनी तथा कृतिवारे प्रकाश पार्दै भने देवकोटा नेपाली भाषामा उपलव्ध शव्दहरुमा मात्र बांधिन चाहंदैनथे, उनले नयां नयां शव्दहरु रचना गर्थे र उनी विना नेपाली साहित्यको मेरुदण्ड नै हुने थिएन ।news 1
राजदुत डा सुरेशचन्द्र चालिसेले महाकविका रचनाहरुमा नेपाली जनजीवनका विविध पक्षलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने सन्देश पाउन सकिन्छ भन्दै उदाहरणका लागि मुना मदनलाई लिन सकिन्छ त्यसमा यथार्थ जीवन झल्किने कुरा बताए ।
प्राध्यापक पारसमणि भण्डारीले आफ्नो वक्तव्यमा भने नेपाली साहितयका लागि नेपालका नेपालीहरुले गरिरहेका चिन्तन भन्दा तपाईहरुले गरिरहनु भएको चिन्तनमा मौलिकता छ र म त्यसको प्रशंशा गर्दछु ।
अर्का अतिथि प्राध्यापक तथा नेपाली सााहित्यका समालोचक डा खगेन्द्र लुइटेलले पनि महाकविप्रति श्रध्दान्जली अर्पण गर्न यस किसिमको कार्यक्रमको आयोजना गरिएकोमा प्रसन्नता व्यक्त गरे ।
अन्तरराष्ट््िय नेपाली वांगमय प्रतिष्ठानको ट्र्ष्टका अध्यक्ष्य खगेन्द्र पाठकले साहित्यिक पुस्तक तथा श्रव्यदृश्य सामग्रीहरुको संकलन गनुपर्ने आवश्यकतामाथि जोड दिए ।
नेसाविपका संस्थापक सुरेशजंग शाहले महाकवि देवकोटाको विशिष्ट साहित्यिक प्रतिभाको प्रशंशा गर्नुका साथै कोमल मल्ल श्रेष्ठ तथा श्रीमती कोहिनूर मल्लव्दबरा वहांहरुका माता पिताको सम्झनामा स्थापना गर्नु भएको पुरस्कारका लागि नेपाली साहित्य पुरस्कार मुल्यांकन समितिका संयोजका रुपमा समितिले पुरस्कारका लागि गरेको सिफारिसपत्र पनि परिषदलाई हस्तान्तरण गरेका थिए ।
नेसाविपका कोषाध्यक्ष्य डा गोपाल पौड्यालको धन्यवाद ज्ञापनकासाथ सम्पनन सो कार्यक्रममा प्रा खगेन्द्र लुइटेल, गोपीकृष्ण प्रसाई, गोकुल भण्डारी, सुरेशजंग शाह, कोमलप्रसाद श्रेष्ठ मल्ल, गोपाल पौड्याल, खगेन्द्र नेपाली, सुधा श्रेष्ठ, खगेन्द्र पाठक, मनजु भण्डारी, हरिभक्त बुढाथोकी, हरिसिं थापाले आप्mना कविताहरु पाठ गरेका थिए भने बालकवि सार्थक भण्डारी र घनबहानदुर थापाका कविताहरु वाचन गरेर सुनाइएको थियोे ।

Comments

comments

« »

Leave a Reply

Your email address will not be published.

Protected by WP Anti Spam