जिन्दगीमा बेवारिसे मायाजाल्को खाँचो किन

0    गजल  admin

जिन्दगीमा बेवारिसे मायाजाल्को खाँचो किन
सबै रङ्ग उस्तै होनि राम्रो आहा रातो किन

कम्जोरिमा हावा अल्ली बडिधक्का दिने गर्छ
बुज्ने चुप लागे पछी हरि-लट्ठक बाठो किन

धेरै घाऊ ओखतिको छु आई ले निको भयो
ओखतिले जाङ्गिदैछ मन्को घाऊ आलो किन

जो बाँचेर नाङ्गो हिड्यो दुनियाँले चुपलायो
को मर्यो त नाङ्गो मान्छे ओडाईन्छ कात्रो किन

– – नव राज घिमिरे

Comments

comments

« »

Leave a Reply

Your email address will not be published.

Protected by WP Anti Spam